Logo

औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारी: राष्ट्रपति



चितवन,, ९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारी भएको बताएकी छन् ।

नेपाल फर्मा एक्स्पो-२०२२ को आज यहाँ उद्घाटन गर्दै उनले जीवनसँग प्रत्यक्षरुपमा जोडिने भएको हुनाले औषधि उत्पादन सेवामूलक एवं परोपकारी व्यवसाय भएको बताएकी हुन् ।

औषधिजन्य उत्पादनले बहुआयामिक प्रभाव पारेको भन्दै उनले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी औषधिको उत्पादन, बजारीकरण र वितरणलाई सम्बद्ध पक्षले गम्भीरतापूर्वक ध्यान पु¥याउनुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले भन्नि, “सार्वजनिक स्वास्थ्यलाई बलियो बनाउँदै नागरिकको जीवनस्तर माथि उठाउन यस उद्योगले प्रत्यक्ष भूमिका खेल्न सक्दछ ।” उनले सकेसम्म धेरै किसिमका औषधि देशभित्रै उत्पादन गर्न सकेमा हाम्रो संविधानले प्रत्याभूति गरेको स्वास्थ्यसम्बन्धी मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने आफूलाई लागेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्