Logo

कैलालीमा भीषण आगलागी: ६० घर जलेर नष्ट



कैलाली, ११ वैशाख । कैलालीको कैलारी गाउँपालिका-७ को विपतपुर गाउँमा आज अपराह्न भएको भीषण आगलागीबाट ६० परिवारका घर जलेर नष्ट भएको छ ।

धनगढीबाट झण्डै ३५ किलोमिटरको दूरीमा पूर्वतर्फ रहेको विपतपुर बस्तीका कच्ची घरमा भएको आगलागी नियन्त्रण गर्न दमकलसहित प्रहरी टोली परिचालन गरी नियन्त्रणमा लिने प्रयास जारी रहेको छ ।

उक्त गाउँमा मुक्त कमैया बस्ती रहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले उक्त गाउँमा ६० घर जलेर क्षति पुगेको भन्ने प्रारम्भिक जानकारी आएको जानकारी दिए । घटनाबाट पुगेको क्षतिको एकीन विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्