Logo

एमालेको विजयलाई कसैले रोक्न नसक्ने: केपी ओली



बिर्तामोड, २० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । झापाका विभिन्न स्थानमा सम्बोधन गर्दै अध्यक्ष ओलीले झापा लालकिला हुने घोषणा गरेका हुन् ।

झापाको हल्दिबारी १ गोल्धापमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको जीत रोक्ने ल्याकत नभएको बताए । अध्यक्ष ओलीले एमाले नेतृत्वमा मात्रै विकास सम्भव भएकोले विकासका लागि एमालेलाई विजयी गराउनु पर्ने बताए ।

‘आज राष्ट्रिय राजनीति दुई भागमा बाँडिएको छ । एमाले कस्तो भए छ त अहिले भन्दा, एकतिर एमाले, अरु बाँकी अर्कातिर । त्यहीँ पनि बहुमत एमालेको । आज देश यस स्थितिमा पुगेको छ,’ ओलीले भने ,‘एमालेसंग भिड्न एक्लै कसैले होइन, चार जनाले पनि चिताउन सक्दैन, पाँचै जना चाहिन्छ ।’

उनले पाँच दल मिल्दा पनि एमालेलाई हराउने हिम्मत ‘गठबन्धन’ सँग नभएको बताए । ओलीले वैशाख ३० को निर्वाचनमा एमालेको बहुमत आउने ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्