Logo

आईजीपी नियुक्तिविरुद्धको रिटको सुनुवाइ आज



काठमाडौँ, २१ वैशाख । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटको पहिलो सुनवाइ आज हुने भएको छ ।

गएको सोमबार पोखरेलले आईजीपीमा धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध रिट दायर गरेका थिए । उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेकाले सिंहको नियुक्ति कानुनविपरीत रहेको रिटमा उल्लेख गरेका छन् ।

पोखरेल सिंहभन्दा १६ महिना पहिले एआईजी भएका थिए । आइतबारको मन्त्रिपरिषद् बैठकले वरिष्ठ एआईजीलाई पाखा लगाउँदै कनिष्ठ एआईजी सिहंलाई आईजीपी नियुक्त गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्