Logo

इरानले यूरोपमा ग्यास निर्यात गर्ने



इरान, १ जेष्ठ । इरानले युरोपमा ग्यास निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको जनाएको छ ।

यूक्रेनमा रूस र यूक्रेनबीच भएको युद्धका कारण ऊर्जाको मूल्य वृद्धि भएको पृष्ठभूमिमा आइतबार तेल मन्त्रालयका एक अधिकारीले ग्यास निर्यात गर्ने सम्भावनाबारे छलफल भइरहेको जनाएको छ ।

इरानकोे राज्य सञ्चालित समाचार संस्था शानाले मन्त्रालयका इन्धनमामिला उप–मन्त्री माजिद चेगेनीलाई उद्धृत गर्दै भनेका छ, “इरानले यो विषयमा अध्ययन गरिरहेको छ तर हामी अहिलेसम्म निष्कर्षमा पुगेका छैनौं ।”

“इरान सधैं ऊर्जा कूटनीतिको विकास र बजारको विस्तारको सम्भावनामाथि जोड दिन्छ,” उनले थपे । यद्यपि इरान विश्वकै सबैभन्दा ठूलो प्रमाणित ग्याँस भण्डार मध्ये एक हो, यसको उद्योग अमेरिकी प्रतिबन्धद्वारा प्रभावित भएको छ जुन सन् २०१८ मा वासिङ्टन तेहरान र विश्वशक्ति राष्ट्रहरूबीचको ऐतिहासिक आणविक सम्झौताबाट हटेपछि पुनः लागू गरिएको थियो ।

सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्ने उद्देश्यले वार्ता गत वर्ष भियनामा सुरु भएको थियो तर उल्लेखनीय विषयहरूमा हुनुपर्ने उक्त वार्ता हप्तौंदेखि रोकिएको छ । फेब्रुअरीमा रूसद्वारा युक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी तेल र ग्यासको मूल्य बढेको छ । धेरै यूरोपेली देशहरू रूसबाट ऊर्जा आयातमा निर्भर छन् ।

कीभले यूक्रेनको पूर्वमा रहेको प्रमुख ट्रान्जिट हबमार्फत् रुसले ग्यास आपूर्ति रोकेको बताएको छ । यसले गर्दा मस्कोको आक्रमणले यूरोपमा ऊर्जा संकट झनै खराब हुन सक्ने आशङ्का उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्