Logo

भारतका प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै



काठमाडौँ, २ जेष्ठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन् ।

मोदी आज बिहान एघार बजे लुम्बिनी आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हेलिकप्टरबाट झरेपछि उनी मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । मोदी लुम्बिनी भ्रमणमा आउने भएपछि हाल त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

लुम्बिनीमा मोदीसँग भेटवार्ता र बुद्ध जयन्ती समारोह सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ नै भैरहवा पुगेका छन् ।

लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पराराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्