Logo

भारतीय प्रधानमन्त्री मोदी स्वदेश प्रस्थान



लुम्बिनी, २ जेष्ठ । नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान लुम्बिनी आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश फर्किएका छन् ।

यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई बिदाइ गरेका छन् ।

एघार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज यहाँ आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्