Logo

१ भाेटले पराजित भएपछि….



सर्लाही, २ जेष्ठ । नेपाली कांग्रेसले सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ को पुन: मतगणना गर्नुपर्ने माग राख्दै पूर्व-पश्चिम राजमार्ग बन्द गरेको छ ।

हरिवन नगरपालिका-७ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार टीकाजङ्ग थापा नेकपा एमालेका उम्मेदवार निरध्वज कार्कीसँग एक भोटले पराजित देखिएपछि विवाद भएको हो ।

कांग्रेसका कार्यकर्ताले मतगणना स्थल इलाका प्रशासन कार्यालयमा ढुङ्गामुढासमेत गरेका छन् । कांग्रेस कार्याकर्ताले हानेको ढुङ्गा लागेर इलाका प्रशासन कार्यालयको झ्यालको सिसा फुटेको छ । डुङ्गामुढा हुन थालेपछि सुरक्षाकर्मीले दुई सेल अश्रु ग्याससमेत प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्