Logo

ललितपुर महानगरपालिकामा महर्जनको अग्रता कायमै



ललितपुर, ५ जेष्ठ । ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणामअनुसार महर्जनले १७ हजार २ सय १० मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ८ हजार ६ सय ८८ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार अष्टबहादुर महर्जनले १३ सय ७९ मत पाएका छन् ।

महानगरपालिकाको उपप्रमुखमा भने एमालेका उम्मेदवार अग्र स्थानमा छन् । नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्य बज्राचार्यले ८ हजार ४ सय ४० मत प्राप्त गरेकी छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका बाबुराज बज्राचार्यले ६ हजार ५ सय ८३ मत मत प्राप्त गरेका छन् ।

राप्रपाकी उपमेयर उम्मेदवार स्वर्णिम शाक्यले २ हजार ४ सय २५ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्