Logo

काठमाडौँ महानगरपालिकामा बालेनको अग्रता कायमै



काठमाडौँ, ६ जेष्ठ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार ७५ मतको अग्रता लिइरहेका छन् ।

अहिलेसम्म ७७ हजार चार सय ८७ मतगणना हुँदा साहले २८ हजार ६ सय ७९ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार केशव स्थापितले १५ हजार ६ सय चार मत प्राप्त गरेका छन् । अहिले साह स्थापितभन्दा १३ हजार ७५ मतले अघि छन् ।

यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४ हजार सात सय ३८ मत ल्याएकी छन् ।

उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । डंगोलले २८ हजार सात सय ९२ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले नौ हजार दुई सय ९९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्