Logo

नेपालको दोस्रो जित, युगान्डालाई उपाधि



काठमाडौँ, ७ जेष्ठ । महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपालले युगान्डालाई ३४ रनले पराजित गरेको छ ।

अन्तिम दुई खेलमा जित निकाले पनि सिरिज भने अघिल्लो तीन खेलमा लगातार जित निकाल्दै युगान्डाले जितिसकेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले युगान्डालाई १२४ रनको लक्ष्य दिएको थियो । तर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै युगण्डाले जम्मा ९० रन मात्र बनाउन सक्यो ।

युगान्डाका लागि भने ओपनरद्वय केविन अविनोले १५, फियोना कुलुमी र साकिरा साडिकले ८-८, जनेत बाबाजीले १०, रीता मुसामानी २६, सुसन ककाइले ७ रन जोडिन् । नेपालका लागि ईन्दु बर्मा र सीता राना मगरले २-२ विकेट लिए । त्यस्तै अस्मिना कर्मचार्य र हिरनान्माये रोयले समान १-१ विकेट लिएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९, कविता जोशीले अविजित १८, सीता राना मगरले १७, अप्सरी बेगमले ११, इन्दु बर्माले ८ रन जोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्