Logo

म्यानचेस्टर सिटीले जित्यो इङ्ग्लिस प्रिमियर लिग



बेलायत, ९ जेष्ठ । उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग ईपीएल फुटबल लिग २०२१/२२ को उपाधि जितेको छ ।

आइतवार राति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लालाई ३-२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो । घरेलु मैदानमा दुई गोलले पछि परेको सिटीले उत्कृष्ट पुनरागमन गर्दै जितेको हो ।

एस्टन भिल्लाका म्याटी क्यासले खौलको ३७ औँ र फिलिपे कोटिन्होले ६९ औँ मिनेटमा गोल गर्दै टोलीलाई २-० ले अघि राखेका थिए । तर सिटीका लागि इल्के गुन्डोगानले ७६ औँ, रोड्रीले ७८ औँ र गुन्डोगानले नै ८१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-२ ले जिताए ।

जितसँगै सिटीले ३८ खेलमा ९३ अङ्क जोड्यो, दोस्रो स्थानको लिभरपुललाई एक अङ्कले पछि पार्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्