Logo

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाडौँ, १० जेष्ठ । काठमाडौँको चन्द्रागिरी नगरपालिका-१४ स्थित सडकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश ०१-०२६ च २१५१ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१३ लामाचोर बस्ने ७१ वर्षीय ध्रुर्वप्रसाद रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका रेग्मीको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा ज्यान गएको र ठक्कर दिने गाडी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्