Logo

पाँच वटा पालिकाको नतिजा आउन बाँकी



काठमाडौँ, १२ जेष्ठ । स्थानीय तह निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै पाँच वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन ।

निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ ।

बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्