Logo

पाकिस्तानमा बम विष्फोट: पाँच सैनिकसहित आठ जनाको मृत्यु



पाकिस्तान, २९ पुस । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकूसँग भएको झडपमा परी कम्तीमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले आइतबार जनाएको छ ।

बलुचिस्तानमा सेनाले दशकौँदेखि विभिन्न विद्रोही समूहसँग लडिरहेको छ । “आतङ्ककारीहरूले सुरक्षा बलको गाडीलाई लक्षित गरी विस्फोट गराएका थिए भने त्यसपछि दुई पक्षबीच भीषण सशस्त्र झडप भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।”

“झडपका क्रममा सैनिकले वीरतापूर्वक लडेको र पाँच सैनिक अधिकारीले शहादत प्राप्त गरेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

झडपमा तीन जना लडाकू पनि मारिएको बताइएको छ । २४ करोडभन्दा बढी जनसंख्या भएको र सुरक्षा, आर्थिक र राजनीतिक सङ्कटसँग जुधिरहेको पाकिस्तानमा फेब्रुअरी ८ मा आम निर्वाचन हुने मिति तय भएको छ ।

शनिबारको आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । जातीय बलोच पृथकतावादीहरूले वर्षौंदेखि यस इस्लामवादी र साम्प्रदायिक हिंसाले पनि प्रभावित यस क्षेत्रमा विद्रोह गरिरहेका छन् ।

बेइजिङबाट सहयोग प्राप्त अर्बौं डलरको पूर्वाधार अभियान चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) का लागि बलुचिस्तान पनि एक प्रमुख क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्