Logo

डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित



डेनमार्क, १ माघ । डेनमार्कका युवराज फ्रेडरिक राजा भएका छन् ।

उनलाई डेनमार्कका प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका हुन् ।

महारानी मार्गरेट द्वितीयले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको अन्तर्राष्ट्रिय समाचारमाध्यम सिन्ह्वाले जनाएको छ ।

यसअघि डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा पद त्यागको घोषणा गरेकी थिइन् । त्यही समयमा उनले सिंहासन युवराज फ्रेडरिकलाई हस्तान्तरण गर्ने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्