Logo

जनमतले पार्टीले उठाएकाबाहेकमा गठबन्धनलाई सघाउने



काठमाडौँ, १ माघ । जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीले उठाएकोबाहेक अन्य ठाउँमा सत्ता गठबन्धनलाई सघाउने बताएको छ ।

जनमतले जारी गरेको विज्ञप्ति अनुसार मधेस प्रदेशमा रामशंकर महासेठ र लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरी थारुलाई उम्मेदवार बनाएको छ ।

माघ ११ गते हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन पनि जनमतले अपिल गरेको छ । यी दुई उम्मेदवार बाहेकका ठाउँमा माओवादी केन्द्र नेतृत्वका गठबन्धनका उम्मेदवारलाई समर्थन रहेको पनि जनमतले जनाएको छ ।

janamat-1705296956.jpg

प्रतिक्रिया दिनुहोस्