Logo

एसियन कप फुटबल: थाइल्याण्ड र साउदी अरेबिया विजयी



कतार, ३ माघ । एएफसी एसियन कप फुटबलमा थाइल्याण्ड र साउदी अरेबिया विजयी भएका छन् ।

कतारमा गएराति भएको समूह एफको खेलमा साउदी अरेबियाले ओमानलाई २-१ गोलले हराएको हो ।

त्यस्तै मंगलबार भएको समूह एफको अर्को खेलमा थाइल्याण्डले किर्गिस्तानलाई २-० गोलले हराएको थियो । प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्