Logo

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई



काठमाडौँ, ४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डाको राजधानी कम्पालामा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आज बिहान युगान्डा प्रस्थान गरेकाले राष्ट्रपतिले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई तोकेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्