Logo

गुजरातमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गयो, छ जना बेपत्ता



भारत, ५ माघ । भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ भने छ जना बेपत्ता भएका छन् ।

बिहीबार भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ ।

डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुको खोजी भइरहेको खबरमा उल्लेख छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्