Logo

इरानी पाँच रिभोलुसनरी गार्ड अफिसर इजरायली आक्रमणमा मारिए



इरान, ७ माघ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी) का पाँच अधिकारीहरू राजधानी दमास्कसको एक आवासीय क्षेत्रमा इजरायली मिसाइल आक्रमणमा मारिएका छन् ।

उक्त क्षेत्रमा बसोवास गर्ने एक प्रत्यक्षदर्शीका अनुसार आकाशमा चारदेखि छ वटा क्षेप्यास्त्रहरू द्रुत रूपमा प्रहार भएको थियो ।

माज्जेहको पश्चिमी विलामा मुहम्मदी मस्जिद नजिकैको क्षेत्रबाट धुवाँ उडिरहेको देखिएको थियो । लक्षित भवन इरानको आइआरजिसीसँग संवद्ध एकाईले कब्जा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्