Logo

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघको प्रदर्शन



काठमाडौँ, ७ माघ । सत्तासाझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै आइतबार विरोध प्रदर्शन गरिएको छ ।

नेविसंघमा आबद्ध विद्यार्थीले माइतीघरमै प्रदर्शन गरेका हुन् ।

निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेसँगै उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर्’, ‘अभिव्यक्ति स्वतन्त्रता कायम गर्’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्