Logo

चीनको युनान प्रान्तमा पहिरो: पुरिनेको संख्या अज्ञात



चीन, ८ माघ । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा सोमवार बिहान पहिरोमा परी मानिसहरू बेपत्ता भएका छन् ।

चीन सरकारका अधिकारीकाअनुसार पहिरोमा पुरिएकाको संख्या अज्ञात रहेको बताइएको छ ।

काउन्टीको प्रचार विभागका अनुसार झेन्सिङ काउन्टीको ताङफाङ टाउनको लिआङ्सुई गाउँमा बिहान ५:५१ बजे पहिरो गएको हो । बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्