Logo

१ सय ९० रनले पछि परेकाे इङ्ग्ल्यान्डले भारतलाई हरायाे



भारत, १४ माघ । इङ्ग्ल्यान्डले पहिलो टेस्ट क्रिकेटमा भारतलाई हराएको छ । पहिलो इनिङ्समा १ सय ९० रनले पछि परेको इङ्ग्ल्यान्डले भारतलाई २८ रनले हरायो । योसँगै इङ्ग्ल्यान्डले ५ खेलको शृङ्खलामा १-० को अग्रता लिएको छ ।

इङ्ल्यान्डले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारत चौथो दिनको चिया समयपछि २ सय २ रन बनाउँदा अल आउट भयो । भारतका कप्तान रोहित शर्माले सबैभन्दा धेरै ३९ रन बनाए । इङ्ग्ल्यान्डका टम हार्ट्लीले ७ विकेट लिएका थिए ।

इङ्ग्ल्यान्डले दोस्रो इनिङ्समा ४ सय २० रन बनाएको थियो । इङ्ग्ल्यान्डका अली पोपले १ सय ९६ रन बनाए । यस्तै बेन डकेट ४७ रन बनाएर आउट भए । भारतका जसप्रीत बुमराहले ४ र रविचन्द्रन अश्विनले ३ विकेट लिएका हुन् ।

यसअघि हैदराबादमा टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले पहिलो इनिङ्समा २ सय ४६ रन बनाएको इङ्ग्ल्यान्डका कप्तान बेन स्टोक्सले ७० रन बनाए । भारतका रविचन्द्रन अश्विन र रविन्द्र जडेजाले समान ३ विकेट लिएका थिए ।

भारतले पहिलो इनिङ्समा ४ सय ३६ रन बनाएको थियो । भारतका ३ जना खेलाडीले अर्धशतक बनाए । भारतका रविन्द्र जडेजाले ८७, केएल राहुलले ८६ र यशस्वी जयसवालले ८० रन बनाए । इङ्ग्ल्यान्डका जोए रुटले ४ विकेट लिएका थिए । भारत र इङ्ग्ल्यान्डबीचको दोस्रो टेस्ट फेब्रुअरी २ देखि विसाखापटनममा शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्