Logo

कांग्रेसको केन्द्रीय नेतृत्व जिल्ला-जिल्लामा



काठमाडौँ, १५ माघ । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत केन्द्रीय नेतृत्व जिल्ला-जिल्लामा पुगेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय प्रतिनिधि, प्रदेशले तोकेको पदाधिकारी भिन्न-भिन्न समुदायका बिचमा भ्रमण, भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ । उनले जिल्ला कार्य समितिले माघ १६ गतेदेखि माघ २६ गते सुशील कोइराला स्मृति दिवससम्म यस कार्यक्रमको संयोजन गर्ने बताए ।

कोशी प्रदेशको झापा र सुनसरीमा डा.शेखर कोइराला, संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटामा डा.नारायण खड्का, मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुङ्गा र उदयपुरमा बलबहादुर केसी पुगेका छन् ।

मधेश र बागमती प्रदेशका जिल्लाहरु महोत्तरी, सिराहा, सप्तरी, धनुषा, सिन्धुली र मकवानपुरमा प्रकाशमान सिंह, बारा, पर्सा, रौतहट, सर्लाही, धादिङ र चितवनमा महालक्ष्मी उपाध्याय ‘डिना’ छन् ।

यस्तै, काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा डा.मिनेन्द्र रिजाल, ललितपुर, भक्तपुर, रामेछाप र दोलखामा पुष्पा भुसाल, तनहुँ, लमजुङ, गोरखा, पर्वत र नवलपुरमा महेन्द्र यादव, कास्की, स्याङ्जा, म्याग्दी र बागलुङमा प्रदीप पौडेल, रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पामा विमलेन्द्र निधि, कपिलवस्तु, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासीमा डा.डिला संग्रौला रहेका छन् ।

यसैगरी, कर्णालीको दैलेख, सल्यान र सुर्खेतमा डा.शशांक कोइराला, सुदूरपश्चिमको कैलाली, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, बैतडी, बाजुरा र कञ्चनपुरमा भिष्मराज आङदेम्बे रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्