Logo

पाकिस्तानमा राजनीतिक र्‍यालीमा विस्फोट: पाँच जनाको मृत्यु, पाँच घाइते



पाकिस्तान, १७ माघ । दक्षिणपश्चिम पाकिस्तानमा राजनीतिक र्‍यालीका क्रममा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ ।

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलबार राजनीतिक र्‍यालीका क्रममा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।

घटना बेलुका पौने ६ बजे भएको थियो प्रान्तको सिबी जिल्लामा मोटरसाइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको स्रोतले बताएको छ । पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को र्‍यालीलाई लक्ष्य गरी हमला भएको स्रोतले बताएको छ ।

घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । तीन जनाको अवस्था गम्भीर छ । आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्