Logo

राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सरकारको निर्णय



काठमाडौँ, १८ माघ । सरकारले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय समेत गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्रको प्रतिनिधित्व हुने गरी सो समिति गठनको निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्