Logo

यू-१९ विश्वकप क्रिकेट: भारतविरुद्ध फिल्डिङ गर्दै नेपाल



दक्षिण अफ्रिका, १९ माघ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग टस हारेको छ । यससँगै नेपालले पहिला फिल्डिङ गर्दैछ ।

दक्षिण अफ्रिकाको माङ्गाउग ओभल क्रिकेट मैदानमा भरखरै भएको टसमा भारतका कप्तान उदय सरनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपाल सुपर सिक्स खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

त्यस्तै आजको खेलमा भारतले जित हासिल गरे सेमिफाइनलमा पुग्नेछ । यता नेपाल भने आफ्नो अन्तिम खेलमा भारतलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्