Logo

इजरायली सेना उत्तरी गाजाबाट फिर्ता



इजरायल, १९ माघ । इजरायली सेना उत्तरी गाजाबाट फिर्ता भएको छ । इजरायली सेनाले ग्राउण्ड अपरेशन सुरु गरेपछि पहिलो पटक उत्तरी गाजापट्टीका क्षेत्रहरूबाट फिर्ता भएको हो ।

यो फिर्ता स्थायी हो वा इजरायली सेनाको स्थानान्तरण मात्र हो भन्ने स्पष्ट भइसकेको छैन । किनकि यस कदमको बारेमा इजरायली सेनाले कुनै टिप्पणी गरेको छैन । इजरायली फिर्तापछि दर्जनौं नागरिकहरू आफ्ना घरहरू निरीक्षण गर्न ती क्षेत्रहरूमा गएका थिए ।

केहीले इजरायली सेनाद्वारा मारिएका प्यालेस्टिनीहरूको शव लिएका थिए । इजरायल र हमास बीचको वार्तामा प्रगति भएको सङ्केतपछि यो फिर्ता आएको हो । जसले युद्धविराम र इजरायली बन्दीहरूलाई रिहा गर्नसक्ने बताइएको छ ।

आइतबार, संयुक्त राज्य अमेरिका, इजरायल, कतार र इजिप्टका वरिष्ठ गुप्तचर र सरकारी अधिकारीहरूबिच पेरिसमा बैठक भएको थियो । गाजामा हमास-इजरायल द्वन्द्व अन्त्य गर्ने सम्झौताबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्