काठमाडौँ, २४ माघ । सुनको भाउ आज छ सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ भने आज घटबढ भएको छैन । आज चाँदीको भाउ तोलाको १३ सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।