Logo

राष्ट्रियसभा बैठक बस्दै



काठमाडौँ, २९ माघ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ ।

उक्त बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ ।

बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० पेस, सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्