Logo

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न, गिरीबन्धु टी-स्टेटको फाइल कहिले खोलिन्छ ?



काठमाडौँ, २९ जेठ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी-स्टेटको फाइल कहिले खोलिन्छ ?, जीवी राई कहिले पक्राउ पर्छन् ? भनेर प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्रीबाट ठूला भ्रष्टाचारको फाइल खुल्ला भनेर आफूहरू हेरिरहेको बताउनुुयो।

उहाले भन्नुुभयो , ‘अहिले हामी ठूला फाइल खोलिन्छ कि भनेर बसेका छौँ। गिरीबन्धु टी-स्टेटको फाइल कहिले खोलिन्छ रु यो संसदमा सुन्न आतुर छौँ। मेलम्ची, फोरजी, वाइडबडीलगायतका ठूला घोटालामा टसमस भएको छैन। आज नेपाल ठूलो हो कि जीवी राई ठूलो हो रु मलाई लाग्छ आज यो देश भन्दा ठूलो जीवी राई हो। यो सरकारले पक्राउ गर्न सकेको छैन।’

प्रतिक्रिया दिनुहोस्