Logo

राप्रपामा प्रमुखको जिम्मेवारी हेरफेर



काठमाडौं, ३२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।

राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार पार्टीको विधानअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारीमा अध्यक्ष लिङ्देन, संयोजित संगठन समन्वय विभागको प्रमुखको जिम्मेवारी प्रवक्ता गोपाल दाहाललाई दिइएको छ ।

उहाँका अनुसार सम्पर्क समाज समन्वय विभाग प्रमुखमा सहमहामन्त्री धनबहादुर बुढा र युवा विभागको प्रमुखमा सहमहामन्त्री प्रकाश रिमाल रहनुहुने गरी जिम्मेवारी हेरफेर भएको छ ।

प्रतिक्रिया दिनुहोस्