Logo

झापामा दुई छोरासहित २५ वर्षीया आमा मृत फेला



झापा, ३२ जेठ । झापाको शिवसताक्षीमा एक महिला दुई छोरासहित मृत फेला परेकी छन्।

शिवसताक्षी नगरपालिका–३ भोटेपुलकी २५ वर्षीया अन्जली बेस्रा र उनका दुई छोरा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

घरभित्रै बेडमा उनका छोराहरू ८ वर्षका विशाल बेस्रा र २ वर्षका आयुष बेस्रा पनि मृत फेला परेका हुन्। मृतक अन्जलीका पती रोजगारीका लागि कतारमा छन्।

मृतक महिला सलले पासो लागेर घरभित्रै झुण्डिएको अवस्थामा फेला परेकी हुन्। दुई छोरालाई विष सेवन गराएको र त्यसपछि आफू झुण्डिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

मृतक दुई छोराले बमिट गरेको र त्यसमा विषको जस्तो गन्ध आएको पनि डीएसपी चन्दले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्