Logo

कृषि सहकारी ठगी प्रकरणः ४ जना सार्वजनिक, झण्डै १ अर्ब ठगी



काठमाडौं, २ असार । कृषि विकास बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

उपत्यका अपराध महाशाखाले पक्राउ गरी संस्थाका सञ्चालक (अध्यक्ष) तेजव्रिकम थापासहित ४ जनालाई सार्वजनिक गरेको हो। जसमा थापासहित सहकारीकी व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरु सञ्जय सापकोटा र भीमसेन महर्जन रहेका छन्।

सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा समेत नाम उल्लेख रहेको सहकारीका ५६६ जना पीडितहरुको उजुरीको आधारमा प्रहरीले उनीहरुलार्ई प्रकाउ गरेको हो। २ अर्ब ८० करोड निक्षेप रहेको उक्त सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

पत्रकार सम्मेलनका क्रममा ४३ वर्षीय थापाले २०५६ सालदेखि उक्त सहकारीको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य रहेको बताइएको छ। उनले अस्पताल, टेलिभिजन लगायतका संस्थाहरुमा लगानी गरेको खुल्न आउको छ।

प्रतिक्रिया दिनुहोस्