Logo

बिर्तामोडको होटलमा एक व्यक्ति मृत फेला



झापा, २ असार । झापा बिर्तामोडमा अवस्थित पाथीभरा होटल एण्ड लजमा एक व्यक्ति मृत फेला परेका छन् ।

बिर्तामोडको मुख्य राजमार्गमा रहेको पाथीभरा होटल एण्ड लजमा इलाम सूर्योदय नगरपालिका वडा नं ४ बस्ने अन्दाजी ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुन्डिएको अबस्थामा फेला परेका हुन् । मलेसियाबाट फर्केर उनी जेठ २८ गतेदेखि सो होटलमा बसेका थिए ।

होटलको बन्द कोठाभित्रबाट दुर्गन्ध आएपछि हिजो बेलुका ढोका फोरेर हेर्दा झुन्डिएको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउनुभयो । शेर्पाले केही दिन अगाडि नै झुन्डिएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्