Logo

राप्रपा अध्यक्ष लिङ्देन र बेलायती राजदूत फेन बिच शिष्टाचार भेटवार्ता

ब्रिटिश गोरखा सैनिकका समस्याको विषयमा लिङ्देनको चासो



काठमाडौं, १४ असार । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेलायतका राजदूत रब फेनले शिष्टाचार भेट गर्नुभएको छ । आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर राजदूत फेनले अध्यक्ष लिङ्देनसँग भेट गर्नुभएको छ ।

भेटमा नेपाल-बेलायत सम्बन्ध, राप्रपाका एजेण्डा लगायत विविध समसामयिक विषयमा कुराकानी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो।

राजदुतसँगको भेटका क्रममा अध्यक्ष लिङ्देनले ब्रिटिश गोरखा सैनिकको पेन्सन लगायतका सुविधाका सम्बन्धमा देखिएका समस्या र त्यसको समाधानका विषयमा जिज्ञासा राख्नु भएको थियो।

सो क्रममा राजदूत फेनले गोर्खा सैनिकको समस्या समाधान गर्न ब्रिटिश सरकार गम्भीर र सकारात्मक रहेको वताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्