Logo

राप्रपाको जिल्ला अधिवेशन कार्यविधि, २०८१ संशोधन सहित पारित



काठमाडौं, १६ असार । राप्रपाले जिल्ला अधिवेशनको कार्यविधि, २०८१ संशोधन सहित पारित पनि गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न तीन बुँदे निर्णय गर्दै जिल्ला अधिवेशनको कार्यविधि, २०८१ संशोधन सहित पारित गरेको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बसेको बैठकले देशका विभिन्न स्थानमा बाढी पहिरोलगायत प्राकृतिक विपदबाट भएका जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सचेत रहन जनसमुदायलाई आग्रह गरेको छ भने पार्टीका कमिटीलाई क्रियाशील रहन आह्वान गरेको छ ।

त्यस्तै, खेतीको समय सुरु भइसकेको अवस्थामा किसानलाई सहज र सरल ढंगबाट रासयनिक मल, बिऊबिजन उपलब्ध गराउन राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्