Logo

पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक थापा पक्राउ



काठमाडौं, १४ असार । पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।

उनलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि थापा फरार थिए ।

उक्त प्रकरणमा थापाले विचौलियाको भूमिका निभाएको प्रहरीको अनुसन्धानले खुलाएको थियो । भुटानी शरणार्थी प्रकरणमा पीडितबाट थापाले रकम लिएको भन्दै जाहेरी परेको थियो ।

रामबहादुर गृहमन्त्री भएका बेला प्रतीक केही समय स्वकीय सचिवसमेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो ।

यस प्रकरणमा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए ।

प्रतिक्रिया दिनुहोस्