Logo

अस्पताललाई निशाना बनाएर नाइजेरियामा बम विस्फोट : १८ जनाको मृत्यु



काठमाडौं, १७ असार । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी १८ जनाको ज्यान गएको छ भने ४८ जना घाइते भएका छन् । स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय (सेमा)का प्रमुखले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताएका सीएनएनले जनाएको छ । तीन पटक लगातार विस्फोट गराईएको थियो ।

शुरुमा विवाह समारोह, दोस्रो पटक जनरल अस्पताल ग्वोजामा भएको थियो भने तेस्रो विस्फोट अन्त्येष्टि समारोहमा भएको थियो । क्यामरुनको सीमापार रहेको नाइजेरियाली सहरमा एक दशकभन्दा धेरै समयदेखि हिंसा हुँदै आएको छ । विद्रोही समूह बोको हरामसँगको द्वन्द्वका कारण ४० हजार जना मानिस मारिएका छन् भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्