Logo

बेल्स मोडल स्कुल बिर्तामोडमा कक्षा ११ पनि सञ्चालनमा



झापा, १७ असार । झापाको बिर्तामोड ७ भुसावाडीमा सञ्चालित बेल्स मोडल स्कुलले यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गरेको छ । २०७७ सालमा स्थापीत बिद्यालयले ब्यवस्थापन संकाय अन्तरगत कम्प्युटर साइन्स र बिजनेस स्टडी अध्यापन गराउने बिद्यालयका प्रधानाध्यापक ताराकुमार प्रसाईले जानकारी दिनुभयो ।

स्थानीय तथा त्यस बिद्यालयका बिद्यार्थीलाई लक्षित गरेर यस बर्षदेखि कक्षा ११ शुरु गरेको बिद्यालयले आगामी बर्षदेखि कक्षा १२ पनि सञ्चालन गर्ने प्रधानाध्यापक प्रसाईले बताउनुभयो । बिद्यालयले बिशेष गरी बिर्तामोडबाट दक्षिण भेगमा रहेका बिद्यार्थीहरुलाई कक्षा १० पछि सहजताका लागि ११ र १२ कक्षा सञ्चालनमा ल्याएको जनाएको छ ।

बिर्तामोड ७, ८, ९ र १० नम्बर वडामा सुबिधा सम्पन्न निजि बिद्यालयमा कक्षा ११ र १२ नभएका कारण सवै सुबिधा सम्पन्न उक्त बिद्यालयमा न्युनतम शुल्कमा अध्यापन गराउने बिद्यालयले जनाएको छ । बिशेष गरेर बिर्तामोड–७ का बिद्यार्थीलाई प्राथमिकता दिइने गरी कक्षा ११ सञ्चालन गरिएको बताइएको छ ।

शान्त वाताबरणमा सञ्चालित बेल्समा यातायातको सुबिधा, डिजिटल कक्षा, सवै कक्षामा इन्टरनेटको सुबिधा साथै छात्रवृत्तिको समेत ब्यवस्था रहेको बिद्यालयका प्रिन्सिपल प्रसाईले जानकारी दिनुुभयो ।

हालसम्म कक्षा नर्सरीदेखि १० सम्म सञ्चालनमा रहेको उक्त बिद्यालयमा एक हजार ७५ जना बिद्यार्थी अध्यापन रहेका छन् भने शिक्षक र कर्मचारी गरेर ७० जना कार्यरत रहेको जनाइएको छ । हाल कक्षा ११ को ब्यवस्थापन संकाय अन्तरगत कम्प्युटर साइन्स र बिजनेस स्टडीमा धमाधम भर्ना भइरहेको बिद्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्