Logo

संसदमा विश्वासको मत माग्ने माओवादीको निर्णय, प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने



काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने हुनु भएको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्तासहकार्यको सहमतिपछि मंगलबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको हो ।

बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो। “प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन । विश्वासको मतको सामना गर्ने कुरा भएको छ,” सचिव पौडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्