Logo

बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए



काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् ।

राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफल पछि राजीनामा नदिई फर्किएका छन् । प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिबेलासम्म साथ दिन आग्रह गरेकोले राजीनामा नबुझाएको बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा त्यतिन्जेलसम्म आफूहरु त्यतिबेलासम्म पर्खिन तयार भएको बताउनुभयो । परियारले प्रधानमन्त्रीलाई छिटो विश्वासको मत लिन आग्रह गरेको आफूहरुले बताएको जानकारी दिनुभयो ।

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहनुभएको छ ।

यसअघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा बुझाइसकेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

द्दछड

प्रतिक्रिया दिनुहोस्