Logo

झापाका बिभिन्न स्थानमा चोरीको घटनामा संलग्न ६ जना पक्राउ



झापा, १९ असार । झापाका विभिन्न स्थानमा चोरीको घटनामा संलग्न ६ जना पक्राउ परेक छन् ।

पक्राउ पर्नेहरुमा  कमल गाउँपालिका वडा नं. ३ बस्ने सुमन थापा, कमल गाउँपालिका वडा नं. ३ बस्ने २७ वर्षीय कृष्ण थापा ,सोही ठाउ बस्ने ४३ वर्षीय अर्जुन विश्वकर्मा , कमल गाउँपालिका ३ कै नितेश बराईली,  मेचीनगर नगरपालिका वडा नं. १० बस्ने ४० वर्षीय सुरेशकुमार दास र अर्जुनधारा नगरपालिका वडा नं. ११ बस्ने ५१ वर्षीय सुनिल राजवंशी  रहेका छन् ।

ईलाम रोङ गाउँपालिका वडा नं. ५ स्थायी ठेगाना भई हाल अर्जुनधारा नगरपालिका वडा नं. ११ बस्ने दुर्गादेवी श्रेष्ठको घरमा र अर्जुनधारा नगरपालिका वडा नं. ११ स्टाफ चौक बस्ने  उमा श्रेष्ठको घरमा गत जेठ १८ गते चोरी भएको थियो । त्यसैगरी बिर्तामोड नगरपालिका वडा नं. ५ नयाँ नमुना टोल बस्ने गंगा काफ्ले पौडेलको घरमा गत जेठ २१ गते चोरी भएको थियो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडमाबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

असार १७ गते चोरीका सामानहरुसहित ६ जनालाई नियन्त्रणमा लिइएको र जिल्ला अदालत झापा बाट म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको डीएसपी चन्दले जानकारी दिनुभयो  ।

प्रतिक्रिया दिनुहोस्