Logo

जन्मदिनमा महिलालाई सीपमुलक तालीम



झापा, २० असार । झापा विर्तामोड निवासी पुर्णिमा राजवंशीले महिलालाई सिपमुलक तालिम दिएर आफ्नो जन्मदिन मनाउनुभएको छ ।

बिर्तामोड नगरपालिका-४ मेघाबारी निवासी कोचिला एकता जागरण बिर्तामोड नगर समितिकि अध्यक्ष साथै मेघाबारी महिला बचत समुहकी सचिव समेमत रहनुभएकी राजवंशीले ३५‌जना महिला दिदिबहिनीलाई एक दिने धुप‌बाती वनाउने तालिम दिएर जन्मदिन मनाउनु भएको हो ।

फजुल खर्च गरेर जन्मादिन मनाउने परम्परमाको अन्त्य गर्दै विभिन्न सामाजिक कार्यमा सक्रिय राजवंशीले विभिन्न धार्मीक कार्यमा अति आवस्यक धुप‌बाती वनाउने तालिम दिएर जन्मदिन मनाएको वताउनुभयो ।

सो अवसरमा कोचिला एकता जागरण समुहका केन्द्रिय अध्यक्ष‌ हसनारायण राजवंशी, केन्द्रिय उपाध्यक्ष जमुना राजबंशी, केन्द्रिय सदस्य रबिन राजबंशी साथै बिर्तामोड नगर राजबंशी महिला‌ समुह, मेघाबारी महिला बचत समुहका सम्पूर्ण दिदिबहिनीको सहभागीता रहेको थियो ।
तालिमा मेचिनगरबाट आउनुभएका प्रशिक्षक हरिमाया राय सुवेदि, सरिता राजवंशी र सपना सुन्दासले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्