Logo

रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउँदै



काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् ।

बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर उनीहरुले राजीनामा बुझाउन लागेका हुन् । सरकारमा सहभागी ४ जनै मन्त्रीले राजीनामा बुझाउन जान लागेको रास्वपाका एक सांसदले बताए ।

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्