Logo

एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा




काठमाडौ, २१ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ ।

यही असार १६ गतेदेखि जारी महाधिवेशनको छैटौँ दिन आज महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपालको अध्यक्षतामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ जनाको केन्द्रीय कमिटी घोषणा गर्नुभएको हो ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले १० दिनभित्र बाँकी केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्