Logo

पोखरीमा डुबेर तीन बालिकाको मृत्यु



जनकपुर, २० असार । धनुषाको धनौजी गाउँपालिकाको सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

 

धनौजी गाउँपालिका ५ बहुअर्वास्थित सार्वजनिक पोखरीमा डुबेर एकसाथ तीन बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार ११ वर्षीया मुस्कान खातुन, १० वर्षीया अजमेरी खातुन र ९ वर्षीया जिन्नत खातुनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन आवाले घरमा कसैलाई जानकारी नदिइ तीनै बालिका एकसाथ पोखरीमा नुहाउन गएक थिए । पौडी खेल्न नसक्दा उनीहरु डुबेर बेपत्ता भएको र खोज्दा मृत भेटिएको उहाले बताउनुभयो ।

मृतक तीनै बालिकाको शव प्रहरीले कानूनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्