काठमाडौँ, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ ।
संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र बाइडेनबीच भेट भएको हो ।
अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीसँगै र प्रथम महिला राधिका शाक्य पनि सहभागी हुनुन्थ्यो ।
प्रधानमन्त्री ओली शनिबार स्वदेश आइपुग्ने तालिका रहेको छ ।