सिन्धुपाल्चोक, १ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सुकुटे क्षेत्रलाई पर्यटन प्रवर्द्धनमा आयोजित राष्ट्रिय वीच भलिबल प्रतियोगिताले सहयोग पुर्याउने बताउनुभएको छ ।
७ औँ महिला तथा ८ औँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको मङ्गलवार सुकुटेमा उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले सुकुटेसँगै, जुगल हिमाल लगायत यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भलिबल लगायत क्रिकेट, फुटबल नेपालमा लोकप्रिय रहेको बताउँदै उहाँले आफ्नो तर्फबाट खेल क्षेत्रको सहयोगमा सहयोग रहने बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले आफूहरू सरकार ढाल्ने खेलमा नलागेको बताउँदै संविधान अनुसार वर्तमान सरकार चल्नुपर्ने बताउनुभयो ।